धनगढी : राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईमा जारी इन्टरनेशनल लिग टी–२० मा सहभागिता जनाएर स्वदेश आइपुगेका छन् । उनी शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।
दीपेन्द्रआबद्ध गल्फ जायन्ट्स यसपटक दोस्रो क्वालिफायरबाटै बाहिरियो । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेलमा प्लेइङ–११ मा मौका पाउन सकेनन् ।
दीपेन्द्रले नेपालका जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेल गुमाएका थिए । उनले शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल भने खेल्नेछन् ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल शनिबार बिहान ९ः१५ देखि सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
Facebook Comments Box