बैतडी : बैतडीको एक जनप्रतिनिधिको घरबाट सुन चोरी भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुनको गहना चोरी भएको हो।
बिहिबार दिउँसो घरमा कोही नभएको समयमा सुन चोरी भएको वडा सदस्य महराले बताएकी छन्। घरभित्रको सुटकेसलाई फुटाएर आधा तोला बराबरको रानी हार चोरी भएको उनले बताइन्।
सुन चोरी भएपछि प्रहरीलाई जानकारी गराएको बताइएको छ। रौलेश्वर प्रहरी चौकीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box