काठमाडौं : सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो ।
पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले उनलाई बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पौडेलविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
Facebook Comments Box