काठमाडौं: प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको धनगढी-३ घर भएका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्र सिंह ठगुन्नासहित एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका छन्।
उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ।
Facebook Comments Box