काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सलाई २० रनले पराजित गर्दै लखनउ सुपर जायन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
छैटौं जित निकालेको लखनउले नौ खेलमा १२ अंक जोडेको छ । पाँचौं हार बेहोरेको पञ्जाब नौ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ । आफ्नो नवौं खेलमा १५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मयंक अग्रवालले २५ रन बनाए । ऋषि धवन २१ रनमा अविजित रहँदा लियाम लिभिङस्टोनले १८ रन जोडे ।
लखनउका मोहसिन खानले तीन, दुश्मन्था चामिरा र कुर्णाल पाण्ड्याले दुईरदुई तथा रवी बिश्नोईले एक विकेट लिए । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
लखनउका लागि क्विनटन डि ककले सर्वाधिक ४६ रन जोड्दा दिपक हूडाले ३४ रन बनाए । दुश्मन्था चामिराले १७ रन बनाउँदा मोहसिन खान १३ रनमा अविजित रहे । पञ्जाबका लागि कागिसो रबाडाले चार, राहुल चाहरले दुई तथा सन्दीप शर्माले एक विकेट लिका थिए ।