काठमाडौँ : रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन्।
रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन्।
उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएकाे विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए।
उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन्।
रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ। सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ।
Facebook Comments Box