धनगढी : बास नेपालले कैलालीको धनगढी उपमहानगरपालिकाका २ जनालाई सम्मान गरेको छ ।
बालविवाह रोक्नुका साथै न्युनीकरणमा भुमिका निर्वाह गरेको भन्दै धनगढी-१ कि मेनका वड र नियमित खोपका बारेमा समुदायमा जनचेतना जगाउनुका साथै गर्भवती चेकजाँच,सुत्केरी चेकजाँचमा नियमितता गरेकोले मुस्लीम समुदायकी महिला शेख अजिमा बेगम सम्मानित भएका हुन ।
सम्मानित कार्यक्रममा बोल्दै धनगढी उपमहागरपालिका १ का वडाध्यक्ष सन्तोष मुडभरीले सम्मानित हुने व्यक्तिहरुको जिम्मेवारी थपिएको बताए । उनले धनगढीको मुस्लीम समुदायमा नियमित खोपमा ठुलो समस्या रहेको भन्दै बास नेपालले गरेको कामको प्रसंशा गरे । उनले स्वास्थ्य क्षेत्रको सुधारको सामाजिक व्यवहार परिर्वतनको जरुरी रहेको बताए ।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बास नेपालले सामाजिक व्यवहार परिर्वतनका कार्यक्रम अन्र्तगत गरीएको सम्मानले समाजका अन्य नागरिकहरुलाई पनि उत्प्रेरणा मिल्ने बताए । उनले पुरस्कार राशी सानो भएपनि व्यवहार परिर्वतनमा ठुलो भुमिका खेल्ने बताएका थिए ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा धनगढी उपमहानगरपालिकाको सहकार्य र बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उनीहरुलाई नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।