काठमाडौं : कोरियामा बस्दै आएका एक युवकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ परेका छन्।
वीरगन्ज, पोखरिया शाखामा कार्यरत ३१ वर्षीय ओझा बैंकका कनिष्ट सहायक हुन्।
ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकअनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी होबीन्द्र बोगटीले बताए ।
लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाएका थिए । त्यसका लागि उनले कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन्। उनले नागरिकताको फोटोकपीलगायत कागज बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाएका थिए।
सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर बैंक खाताबाट विभिन्न खातामा रकम ट्रान्सभर गरेका हुन्। कोरियामा रहेका खाताधनीले धेरैपटक पैसा निकालिसकेपछि मात्र थाहा पाएका थिए ।