डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकास्थित शैलेश्वरी खोलामा निर्माण भएको ट्रस पुल उद्धाटन गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ मा रहेको सल्लागाउँस्थित शैलेश्वरी खोलामा निर्माण भएको पुलको उद्धाटन गरिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले पुलको सयुक्त रुपमा रिवन काटेर पुलको उद्धाटन गरेका छन।
पुलको उद्धाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने पुलले आवतजावतमा निकै सहजता हुने अपेक्षा गरे। अमरगढी नगरपालिकाका मेयर जोशीले पुल निर्माण भएपछि अमरगढी नगरपालिका वडा नम्बर ७ संगै नवदुर्गा गाउँपालिकाका बासिन्दालाई पनि आउजाग गर्न सहज हुने बताए।
३७ लाखमा पुल निर्माणको कार्य सम्पन्न भएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए। उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बोहराका अनुसार ०८० साल बैशाखमा निर्माण सुरु भएकोमा माघमा पुल निर्माणको काम सम्पन्न भएको थियो।