काठमाडाैं : रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ। रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ।
मंसिरमा भारत हुँदै रुसी सेनामा भर्ना भएका उनको मृत्यु भएको उनीसँगै रहेका साथीले घरसम्म खबर पुर्याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो।
मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए। घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए। परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ।
योसँगै रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या १४ पुगेको छ।
Facebook Comments Box