धनगढी : कञ्चनपुरको एपीएफ स्कुल झलारीमा प्रिन्सिपलको लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल एपीएफ स्कुलले एक सूचना सार्वजनिक गर्दै पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा प्रिन्सिपल आवश्यक रहेको भन्दै दरखास्त आह्वान गरेको हो।
झलारी बाहेका अन्य एपीएफ स्कुलमा समेत कर्मचारी आवश्यक रहेको सूचनामा उल्लेख्य गरिएको छ।
यसअघि आगामी बैशाखदेखि पढाइ सुरु हुने गरि एपिएफ स्कुल झलारी कञ्चनपुरमा भर्ना खुलेको थियो।
२०८१ साल बैशाख महिनादेखि सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा संचालित पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा कक्षा ४ र ५ मा नयाँ भर्ना खुलेको स्कुल प्रशासनले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको थियो।
गत महिनाको माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो।
र, यो पनि :
कञ्चनपुरको एपीएफ स्कुलमा भर्ना खुल्यो