धनगढी: कैलालीस्थित सशस्त्र प्रहरीको ३४ नम्बर गणमा नयाँ प्रमुख एसपी दलबहादुर पाण्डे आएसँगै विभिन्न अपरेसन थालिएआ छन्। जसमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टरले अवैध सामान र चोरी तस्करी विशेष टार्गेटमा राखेको छ।
हालै १६ गतेमात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा भन्सार छलीको सामान समातेका छन्।
टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको मुल्य ७ लाख ९८ हजार बरावरको लत्ताकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ।
यस्तै सामानसहित ४ जना व्यक्तिहरु पनि पक्राउ परेका छन्। जसमा धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड बस्ने ६२ वर्षीया महेश्वरी बिष्ट, सोही ठाउँकी ३५ वर्षीया तुलसी भट्ट, ३७ वर्षीया धना साउद र ३५ वर्षीया गौरी ओझा रहेको डीएसपी खेम ठकुल्लाले जानकारी दिए।
त्यस्तै अन्य क्षेत्रमा समेत गरेर नयाँ एसपी आएपछि हालसम्म सशस्त्रले १८ लाख ५६ हजार सात सय पैतालिस मूल्य बरावरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ।
यस्तै १ लाख ३७ हजार छ सय बरावरको कुखुरा तथा माछा बरामद गरी नष्टसमेत गरिएको बताइएको छ।