धनगढी : नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिहंले व्यक्तिगत ५० हजार पुरस्कार घोषणा गरेका छन् ।
वाफ महिला च्याम्पियनसिपको जोर्डनविरुद्ध नेपाली टिमले फाइनल खेल्दैछ ।
पहिलो हाफमा नेपालले १ ० गोलको अग्रता बनाएको छ ।
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् ।
२९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।
Facebook Comments Box