धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुने दाबी गरिएको छ। भोलि अर्थात पर्सीभित्र मन्त्रीमण्डल विस्तार हुने भनिएको हो।
जसअनुसार प्रदेश सभा सदस्य बेलबहादुर रानामगरले आफू मन्त्री बन्ने छन्। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य रानामगरलाई प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति भएसँगै मन्त्रीमण्डल विस्तार हुने भएको बताइएको छ।
रानामगरले आफू अहिले काठमाडौंमा रहेको र पर्सीसम्ममा सपथ हुने महेन्द्रनगरपोष्टलाई जानकारी दिए। सत्तारुढ गठबन्धनको साझा सरकार रहेको सुदूरपश्चिममा नेपाली काँग्रेसका मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री र आन्तरिक मामिमा तथा कानुनमन्त्री छन्।
यस्तै सामाजिक विकास र वनमन्त्री एवं राज्यमन्त्री माओवादीका रहेकोमा कृषिमन्त्री एवं राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका र अर्थमन्त्री नेकपा एकीकृत समाजवादीका छन्।