धनगढी : नयाँ गठबन्धनको सरकार बनेसँगै सुदुरपश्चिमका दुई जना सांसद मन्त्री बनेका छन्।
मन्त्री बन्नेमा नेकपा एमालेको तर्फबाट दामोदर भण्डारी मन्त्री बन्ने भएका छन्। बैतडीबाट प्रतिनिधीसभामा निर्वाचित भण्डारी दोश्रो पटक उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री बनेका हुन्।
भण्डारी यस अघि केपी ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए।
भण्डारी तेश्रो कार्यकालका लागि मन्त्री बनेको अवसरमा उनको गृहनगर पाटनमा दिपावली मनाइएको छ ।
लगातार तीन पटक संघीय चुनाव जित्दै तेश्रो पटकका लागि मन्त्री पदमा पुगेको अवसरमा साझँपख पाटनमा दीप प्रज्वलन गरि दिपावली मनाइएको नेकपा (एमाले) बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए ।
यस्तै एकीकृत समाजवादी पार्टीबाट भानुभक्त जोशी मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन्। उनी बझाङबाट निर्वाचित भएका थिए।