धनगढी : सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्री नरेश शाहीलाई बर्खास्त गरिएको छ ।
केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पनि हटाएको जनाइएको छ । यस अघि माओवादीका तीन मन्त्रीलाई हटाइएको थियो ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एसका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।
Facebook Comments Box