काठमाडौं: सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आजदेखि अवकाशमा गएका छन्।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोश्रो वरियतामा रहेका न्यायाधीश खतिवडा उमेर हदका कारण अवकाशमा गएका हुन्।
२०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका खतिवडा त्यसअघि २० वर्षभन्दा बढी जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीश थिए।
Facebook Comments Box