धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ।
केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागि भएसँगै सुदूरपश्चिममा पनि सरकारलाई दिईएको समर्थन फिर्ता लिएको हो । आज (विहीबार) बसेको संसदीय दलको बैठकले सरकारलाई दिईएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । यो सँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने भएका छन ।
बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ ।
नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै मुख्यमन्त्री शाहलाई सहर्थन रहने छ ।
Facebook Comments Box