धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपति कर्ण थापा तोकिएका छन्। नेकपा माओवादी केन्द्र निकट मानिने प्राध्यापक थापा उपकुलपति तोकिएका हुन्।
उनी विश्वविद्यालयको कानून संकायका डीनसमेत हुन्।
सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको र तत्कालीन उपकुलपतिको कार्यकाल सकिएपछि थापा तोकिएका हुन्।
विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको कार्यकाल फागुन १८ गते सकिइसकेको छ।
र यो पनि !
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति बन्न जोशीद्वय र पाठकको दौडधुप
Facebook Comments Box