धनगढी : नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट २ सयबढीले सेवा लिएका छन् ।
११४ औं अन्तराष्ट्रिय महिला (नारी) दिवस तथा महाशिवरात्रीको अवसरमा शिवपुरीधाम मन्दिर परिसरमा शिविर आयोजना गरिएको थियो ।
शिविरबाट ७३ जना महिला र १ सय ३५ जना पुरुष गरि जम्मा २ सय आठ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
संघकी सुदूरपश्चिम प्रशासन सचिव टेक कुमारी गाहा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट , ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजीब बहादुर बस्नेत र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्टको पनि सहभागिता रहेको थियो ।
यस्तै नेपाल प्रहरी अस्पताल धनगढीको मेडिकल टिम, सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।