धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री मन्त्रीमण्डल विस्तार गरेका छन् । स्रोतका अनुसार ३ रिक्त मन्त्रालयमा मन्त्री थप गरिएको हो।
मुख्यमन्त्री शाहले रिक्त रहेका आर्थिक मामिला मन्त्री र एक राज्यमन्त्रीसहित एक बिना विभागीय गरेर ३ मन्त्री थपेको र आजै सपथ हुने बताइएको छ।
शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री र खुसिराम चौधरीलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेको स्रोतले जनाएको छ।
तत्कालीन समयमा सुदूरपश्चिम सरकारमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट बाहिरिएपछि नयाँ मन्त्री नियुक्त गरिएको हो।
संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएपछि समाजवादी र माओवादी प्रदेश सरकारबाट बाहिरिएको थियो। त्यसपछि मुख्यमन्त्री शाहले ३ मन्त्रीसहित एक राज्यमन्त्री बर्खास्त गरेका थिए।
हिजो मुख्यमन्त्री शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । तर राप्रपाकी विष्टल अस्वीकार गरेपछि बिहीबार राति अस्वीकार गरेपछि सरकार विस्तारको काम रोकिएको थियो ।