सिरहा– सिरहामा स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
Facebook Comments Box