धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा थप तीन मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त रहेको मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीका नयाँ मन्त्री नियुक्त गरेका हुन ।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्न गरेका छन् ।
उनीहरु तीनै जनाले अहिले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा रहेको छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य गरी २५ जनाको समर्थन छ ।
संघीय सरकारका साझेदार एमाले, माओवादी र समाजवादीसंग भने २४ मत रहेको छ । प्रदेश सभामा एक जना स्वतन्त्र र एक जना राप्रपा सासंद रहेका छन् । उनीहरु कतै तिर खुलेका छैनन् ।
प्रदेशमा सरकार बनाउन २७ जना सासंदको समर्थन आवश्यक हुन्छ ।