धनगढी : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी बर्खास्तीमा परेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार राति मन्त्रीमण्डल विस्तार गरेसंगै चौधरीको मन्त्री पद खोसिएको हो । उनको ठाउँमा इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको छ ।
जिम्मेवारी खोसिएपछी चौधरीले समाचार हेरेर थाहा पाएको प्रतिक्रिया दिएका छन । उनले पार्टीभित्र पनि कुनै सल्लाह बिना आफ्नो मन्त्री खोसिएको बताएका छन ।
उता नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सल्लाहबिना आफ्ना सांसदहरू मन्त्री भएको भन्दै कारबाही गरिने बताएकी छिन् ।
मुख्यमन्त्री शाहले सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिँदै उनले मन्त्रीमण्डल विस्तार गरेका छन ।