काठमाडौँ– डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृति ‘छायल’ उपन्यासको विमोचनसहित त्यसमाथि विमर्श गरिएको छ । उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानव अधिकारकर्मी मोहना अन्सारी र पत्रकार तथा समीक्षक राजकुमार बानियाँले गरे ।
बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए । कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम सञ्चालन सुमन थापाले गरेका हुन् ।
साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरूको छायल प्रस्ट रूपमा प्रस्तुत गरेको बताए । उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास पढ्न शुरु गरेपछि पुरै पढी नसकेर नरोकिन विश्वास व्यक्त गर्नु गरे ।
Facebook Comments Box