काठमाडौं : चिनियाँ जनसेनाका मेजर जनरलको नेतृत्वमा छ सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।
अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ पाओछुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली कतारको राजधानी दोहा हुँदै आएको बताइएको छ ।
कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा जनसेनाका वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ आएका हुन् ।
नेपाल भ्रमणपछि टोलीको आगामी मंगलबार राति सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि नेपाली सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिलगायत विषयमा अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी विजय थापाले स्वागत गरेका थिए । टोलीको बस्ने प्रबन्ध लाजिम्पाटस्थित होटल र्याडिसनमा मिलाइएको बुझिएको छ ।
Facebook Comments Box