बैतडी: आजदेखि नेकपा एमाले बैतडीको अधिवेशन सुरु भएको छ । आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् ।
१ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ । अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् ।
आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका छन् ।
अध्यक्षमा आकांक्षा धेरैले जनाएपनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ ।
पार्टीका केन्द्रिय सदस्य एवं मन्त्री भण्डारीले आइतबार आययोजना गरेको पत्रकार सम्मेलनमा सबैलाई समेटेर सहमतीको आधारमा जिल्लाको नेतृत्वको टुंगो लगाउने बताएका छन् ।
‘विभिन्न जिम्मेवारीमा रहेका नेताहरुको सहमतीमा नेतृत्व चयनको प्रयास हुन्छ, पार्टीलाई गति दिन सक्ने नेतृत्प छान्न चाहान्छौँ, साँझा निष्कर्स निकाल्ले पक्षमा छौँ, सबैको भावना प्रतिनिधित्व हुनेगरी चयन हुन्छ,’ मन्त्री भण्डारीले भने ।