धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता टिकाउने रणनीति बनाएका छन् । ७ सासंद रहेका नागरिक उन्मुक्तीका ५ जनालाई मन्त्री बनाएर सत्ता टिकाउने रणनितिमा मुख्यमन्त्री शाह छन् ।
स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाएर बहुमत पुगाउने दाउमा रहेका शाहले भ्याएसम्म राप्रपाकी सांसदलाई समेत सरकारमा सहभागी गराउने नभए उनको समर्थन लिएर सत्ता टिकाउने रणनीति बनाएका हुन् ।
केन्द्रमा काग्रेंस नेतृत्वको गठबन्धन भत्किएर माओवादी, एमाले र रास्वपासहितको सरकार बनेसंगै शाहले माओवादीका ३ र एकिकृत समाजवादीका १ मन्त्रीलाई बर्खास्त गरेका थिए ।
उनीहरुको बर्खास्ती संगै शाहले नागरिक उन्मुक्तीका नयाँ एक राज्यमन्त्री सहित ३ मन्त्री थपे । सरकारमा जाने र प्रतिपक्षमा बस्ने बिषयकै कारण उन्मुक्तीमा देखिएको बिवादपनि मन्त्री पद दिएपछि साम्य हुने देखियो । सोही कारण मन्त्री थपेका मुख्यमन्त्री शाह फेरी नागरिक उन्मुक्ती र स्वतन्त्र सांसदलाई मन्त्रीमा नियुक्त गर्दै छन् ।
फागुन २४ गते नागरिक उन्मुक्तीका तर्फबाट घनश्याम चौधरी आर्थिक मामिला, इन्दिरा गिरि कृषि राज्यमन्त्री र खुशिराम चौधरी बिना विभागीय मन्त्री नियुक्त भएका थिए । रामेश्वर चौधरी यस अघीनै मन्त्री थिए ।
अब शाहले उन्मुक्तीकै लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
प्रदेशमा दुई मन्त्रालय फुटाएर भएपनि सरकार टिकाउने तयारीमा मुख्यमन्त्री शाह छन् । राप्रपाकी खेमा बिष्टलाई समेत शाहले मन्त्रीको अफर गरेका छन् । उनी सहित ल्याउँदा शाहले बहुमत प्राप्त गर्ने छन् ।
।