धनगढी : कैलालीमा लागुऔषध (खैरो हेरोईनसहित) एक जना भारतीय पक्राउ परेका छन्। आज (बिहीबार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कबाट उनी समातिएका हुन्।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई लम्की नगरपालिका-५ स्थित मन्जुश्री गुट्खा उद्योग चौरीमा काम गर्ने ४० वर्षीय मनमोहन तिवारी रहेका छन्। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (पिआइटी) टोलीले पक्राउ गरेको हो। संकास्पद रुपमा हिडिरहेको अवस्थामा उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम ५७० मिलिग्राम हेरोईन बरामद गरिएको छ।
अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
Facebook Comments Box