धनगढी : धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, उपमहानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम आज चैत १ गते देखि शुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीले ब्यवहार परिवर्तन तालिमले समग्र नगरको स्वास्थ्य सेवाको गुणस्तर वृद्धीमा टेवा पुग्ने बताए । उनले सहभागिहरुलाई सक्रियतापुर्वक सहभागिता जनाउन आग्रह गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गरे ।
उनले तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे । कर्मचारीको क्षमता अभिबृद्धीका लागि तालिमको आयोजना गर्ने युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद ज्ञापन गरेका थिए ।
बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले स्वागत गरेको उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।
तालिमको पहिलो दिन युनिसेफ नेपालका प्रकाश आचार्य, अशोक जोशी र प्रशिक्षक वीर बहादुर कुँवरले सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा सहजिकरण गरेका थिए । तालिममा नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।