काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्। सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो।
समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाएर प्रधान कार्यालय तानिएको हो।
यस्तै तत्कालीन एसपी सञ्जय सिंह थापालाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ भने ब्यूरो प्रमुख किरण बज्राचार्यको पनि सरुवा गरिएको छ।
सुन काण्डमा मुछिएका एसपी सन्जयसिंह थापा हाल नुवाकोटका जिल्ला प्रहरी प्रमुख थिए। सुसुन काण्डको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन एसपी थापा तानिएका हुन्। उनलाई कारबाही गर्न आयोगले सिफारिस गरेको थियो।