धनगढी : कञ्चनपुरमा ठूलो परिणामको लागुऔषध खैरो हेरोईनसहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टेलिजेन्स टीम (पीआईटी) र स्थानीय प्रहरीले बेलौरी नगरपालिका-६ नकैयाबाट १० दशमलब २ ग्राम खैरो हेरोईनसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार पैदलयात्रामा रहेका उत्तर प्रदेशको लखिमपुर ग्राम खजुरीया भारतका चौहानलाई पक्राउ गरिएको हो। शंका लागेर उनलाई चेकजाँच गर्दा पाइन्टको गोजीमा पोको पारेको अवस्थामा खैरो हेरोईन बरामद गरिएको थियो।
उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
Facebook Comments Box