धनगढी: सुदूरपश्चिममा ५ जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सूचना अनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो।
जसमा कृषितर्फका २ जना र स्वास्थ्यका ३ जना गरि ५ जनाको बढुवा भएको छ। ती ५ जनामा कृषितर्फका टीकाराम थापा र खगेन्द्र प्रसाद शर्मा रहेका छन् भने स्वास्थ्यतर्फका नरेन्द्रसिंह कार्की, डा. शेरबहादुर कमर र खगेन्द्रराज भट्ट रहेका छन्।
उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्।
हेर्नुहोस् सूचना
Facebook Comments Box