काठमाडौं : नेपाली सेनाका नवनियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राड (कानुन) सेवा र प्राविधिक सेवाअन्तर्गत स्वास्थ्य समूहमा रिक्त अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका दुई जना उपसेनानी (लप्टन) र ५३ जना प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा,बलाधिकृत रथी अशोकराज सिग्देल, सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले दर्ज्यानी चिन्ह प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो क्रममा प्रधानसेनापति शर्माले नवनियुक्त अधिकृतहरुलाई बधाई पनि दिएका थिए । कार्यक्रममा सेनाका रथीवृन्द,अधिकृतहरु साथै नवनियुक्त अधिकृतका परिवारजनको उपस्थिति थियो ।
Facebook Comments Box