धनगढी: भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमबारदेखि सम्पर्क बिहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।
उनी भारतको गोवामै भेटिएको बताइएको छ। एक विदेशी किशोरीसँग उनी भेटिएको बताइएको हो।
नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्क विहीन भएकी थिइन्। उनी ओशो साधक हुन्।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।
Facebook Comments Box