काठमाडौं : पाँच वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले आफूले महत्त्वपूर्ण रूपमा हेरिएको भन्दै अनुसन्धान अझै जारी रहेको बताएका हुन् ।
सुरुको अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ट्रयाकबाहिर जादाँ केही समस्या आएको बताए । १३ वर्षीया निर्मलाको हत्या आरोपमा प्रहरीले सयौँ व्यक्तिसँग सोधपुछ गरे पनि आरोपीलाई पक्राउ गर्न सकेको छैन ।
घटनालगत्तै कञ्चनपुरका दिलीप विष्ट पक्राउ परे पनि उनको डीएनए परीक्षण नमिलेपछि उनी थुनामुक्त भएका थिए ।
Facebook Comments Box