धनगढी: डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलैसिंह खड्काको छोरा वर्ष १८ को महेश खड्का बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० मिनेटको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box