काठमाडौंः काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशुलीमा खसेको छ। पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका ५, सिमलधारा नजिकैबाट नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको बताइएको छ।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको मुग्लिङ प्रहरीले जनाएको छ। मृत्यु भएकामा दुई महिला, दुई पुरुष र एक बालिका हुन्। एक जना बेपत्ता रहेको जनाइएको छ।
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेको खुलेको छ। दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए। पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार क्रिया बस्नको लागि गोरखा फर्कँदै गर्दा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ।
आज बिहान इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो। मृतकमध्ये ४ जना एकैपरिवारका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन्। १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन्। उनीहरु एकै परिवारका भएको खुलेको हो।
बुबाको हिजो पशुपतिमा दाहसस्कार गरी आज बिहानै गोरखाका लागि हिँडेको डीएसपी भण्डारीले बताए। उनले भने,‘ ट्याक्सीमा सवार सबै मलामी हुनुहुदो रहेछ। त्यहाँ मृतकको श्रीमती, छोरा बहिनी दिदी भान्जा र ज्वाई सवार हुनुहुन्थ्यो।’
ज्वाइँले चलाएको ट्याक्सीमा ५ जना सवार भएको बुझिएको छ। घटनास्थलमा नै रहेका प्रहरीकाअनुसार गाडी चालक ३५ वर्षका अर्जुन शिर्मल रोकाय परिवारका ज्वाइँ हुन्।