धनगढी: सुदूरपश्चिममै पहिलोपटक गोठालो डेरीले आफ्नो अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
छोटो समयमै केक तथा चिया पारखीहरुको रोजाइमा परेको गोठालोले अनलाइन केक अर्डर सिस्टम लागु गरेको हो।
आज आइतबार एक कार्यक्रमकाबीच गोठालाले आफ्ना सेवाहरुमा अनलाईन केक अर्डर गर्ने सेवा पनि थप गरेको कार्यक्रम संयोजक महेश बडुले बताए। सेवा बजारकै प्रदान गरिरहेको गोठालोमा तरिका भने गोठालोकै रहेको उनले बताए।
ग्राहकले अनलाइलमार्फत आफूलाई मनपर्ने ८ प्रकारको स्वाद भएका ८० भन्दाबढी डिजाइन भएका केक अर्डर गर्ने सक्ने उनले बताएका छन्।
गोठालोले केही समयमै होम डेलिभरीको व्यवस्था गर्ने जनाएको छ।
Facebook Comments Box