धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित डायमण्ड स्पा (मसाज सेन्टर) लाई प्रहरीले टार्गेटमा राखेको जनाएको छ। स्पाका नाममा अनैतिक गतिविधि गर्दै आएको डायमण्डलाई प्रहरीले टार्गेटमा राखेको जनाएको हो।
कञ्चनपुर प्रहरीका प्रमुख एसपी चक्रराज जोशीले डायमण्ड स्पालाई टार्गेटमा राखिएको र अन्यमा पनि निगरानी बढाएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार डायमण्ड स्पामा अनैतिक गतिविधि भैरहेको सूचना आएको थियो। सोहीअनुरुप निगरानी बढाइएको हो।
यसअघि पनि मसाजका नाममा सञ्चालक अन्शु गुप्ता (आँसु) ले अवैध र अनैतिक गतिविधि गराइरहेका थिए। तर तत्कालीन एसपी कमल थापाले सञ्चालकबाट लाभ लिएर अन्यमा मात्र छापा हान्ने गरेको र डायमण्डलाई छुट दिएको बताइदै आएको थियो। थापाको सरुवा भएपछि आएका एसपी जोशीले भने स्पालाई निगरानीमा राखेको जनाएका हुन्।
डायमण्डका सञ्चालकले यस अगाडि आफूले नेपाल र भारतका प्रहरीलाई पैसा दिएर किनेको भन्नसमेत भ्याउने गरेका थिए। स्रोतका अनुसार उनका नागरिकतासमेत दुबै देश (नेपाल र भारत) का छन्। उनै आशुले स्पाको आडमा यौनजन्य गतिविधिसमेत गराइरहेको बताइन्छ।
प्रहरीले अस्ति आइतबार महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मार्दा आशुको डायमण्ड स्पामा कण्डमसमेत फेला परेका थिए। त्यतिमात्र होइन, आशुसहित उनका सबै कर्मचारीलाई जिप्रका लगिएको थियो। आशु गुप्ताले पनि आफूलाई जिप्रका लगिएको र सोधपुछपछि छुटेको स्वीकार गरेका थिए। तर स्पामा अनैतिक गतिविधि भने नगराएको उनको दाबी थियो।
महेन्द्रनगरका डायमण्ड, ग्ल्यामरका २ शाखा र कोहीनुर स्पासहित ४ वटा स्पा छन्। उनीहरु सबै निगरानीमा रहेको प्रहरीको भनाई छ।
र, यो पनिः कञ्चनपुरको डायमण्ड स्पामा अनैतिक गतिविधि, भेटिए कण्डम
महेन्द्रनगरका यी ४ स्पामा छापा, धनगढीमा पनि निगरानी