काठमाडौं: नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवा भएको छ। आज (बुधबार) नेपाल प्रहरीको प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा भएको जानकारी दिएको छ।
लामो समयदेखि विवादित बनेर रोकिएको बढुवा आज गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल र सहमति भएपछि भएको हो। स्रोतका अनुसार आज पनि यस विषयमा मन्त्रालयमै विवाद देखिएको थियो।
यसरी बढुवा हुनेमा कैलालीमा कार्यरत इन्सपेक्टर दिपक मल्लसहित निर्मल पनेरु, ऋषिराम घर्तीमगर, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलबहादुर खड्का रहेका छन्।
बढुवा हुनेहरू २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए। रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।
सूची