धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकलमा सवार महेन्द्र बिकलाई ठक्कर दिएर भाग्ने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधवार बिहान ५ बजे जानकी गाउँपालिका–५ पथरैयाको कर्णाली क्रसर नजिकै सावरीले किचेको अवस्थामा मोहन्याल गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र मृत फेला परेका थिए।
मृतक महेन्द्रलाई से१ख १९३१ नम्बरको टिप्पर र ४७ वर्षीय चालक रामस्वरुप चौधरीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक गरेको छ।
मंगलवार राति करिब १०ः३० बजे तिर टिप्परले मृतक बि।कलाई किचेको प्रहरीलाई जानकारी भएको थियो। घटना कसरी भएको थियो भन्ने बिषय अनुसन्धानमै रहेको प्रहरीले बताएको छ।
टिप्पर जैगडी क्रसर उद्योगमा चल्ने जानकी गाउँपालिका–९ अमरावतीका लोकबहादुर बडुवालको रहको प्रहरीले बताएको छ।
Facebook Comments Box