धनगढी : बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड घर भएका ४५ बर्षीय देवदत्त भट्टको चण्डीगढमा मृत्यु भएको स्थानिय मदनसिंह भाटले बताए।
करीब ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्।
मृतक भट्टको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन्। नेपाल प्रहरीको हवलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए।
Facebook Comments Box