धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायको डीनमा प्राध्यापक मुकुन्द प्रसाद कलौनीलाई नियुक्त गरिएको छ। विश्वविद्यालय कार्यकारी परिषद्को चैत्र ३ गतेको निर्णय बमोजिम कलौनीलाई आज दुई बर्षको लागि डीनमा नियुक्त गरिएको हो ।
तत्कालीन डीन कर्णबहादुर थापा निमित्त उपकुलपति भएपछि कलौनीलाई जिम्मेवारी दिइएको हो।
यस्तै ३० वर्षीय भीमबहादुर फडेरालाई कानुन संकायको संयोजकको जिम्मेवारी दिइएको डीन कलौनीले जानकारी दिए।
Facebook Comments Box