धनगढी: डडेल्धुराका एक युवकको काठमाडौंमा मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ मालमका २६ वर्षीय विनोद दियालको हिजो राति मृत्यु भएको हो।
हाल कैलालीको अत्तरियामा बस्दै आएका उनी केही दिनअघि मात्रै काठमाडौं गएका थिए। राति एक्कासी पेट दुखेको भन्दै अस्पताल पुगाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
अहिले शवको पोष्टमार्टम भइसकेकाले परिवारका सदस्य आएपछि कैलालीको गोदावरीमा उनको अन्तिमसंस्कार गरिने बताइएको छ।
मृतक विनोदको परिवारले अत्तरियामा महेश्वरी होटल सञ्चालन गरिरहेको छ।
Facebook Comments Box