काठमाडौँ : भारतीय भन्सारले पाँच दिन अघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ वटा ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।
रोकिएका सबै ट्रक आज छाडिए, उहाँले भन्नुभयो, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन । भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन्
Facebook Comments Box