काठमाडौं : इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् ।
उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् । एनसीबी आबुधावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो ।
उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box