धनगढी : कैलालीको अत्तरियाको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ बसपार्क स्थित यात्री प्लाजा होटलबाट युवायुवती सहित सायल होटल सञ्चालक पक्राउ परेका हुन् ।
होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गुनासोका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले शुक्रबार राती पक्राउ गरेको हो ।
पक्राउ परेका दुई पुरुष र एक महिलाको नाम भने खुलाईएको छैन् ।
तीनै जना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box