काठमाडौ महानगरपालिकाले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महानगरका मेयर बालेन शाहले आफ्नो समाजिक सन्जाल फेसबुक मार्फत
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको उपचार गर्ने जनाएका छन । उनले लेखेका छ्न :- नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।
यस अघि महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा पनि सुरु गरिसकेको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नै काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको घोषणा गरेका थिए ।
Facebook Comments Box