काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा मुछिएका भाइरल पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्।
आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले न्यून धरौटी मागेको हो।
उनीविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो।
खानेपानी मन्त्रालयको सचिव हुँदा उपाध्याय सो भ्रष्टाचारमा मुछिएका थिए।
Facebook Comments Box